समाज

दैलेख गाडी दुर्घटना अपडेट: एक मृतक र चार बेपत्ताको पहिचान खुल्यो

दैलेखमा बिहीबार गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा कालीकोटको पचालझरना-९ का मेखे तिरुवा, रास्कोट नगरपालिका २ की सृजना खड्का तथा  सुर्खेत पञ्चपुरीका चालक-सहचालक रामु सुवेदी र तुलाराम सुवेदीको पहिचान खुलेको घटनास्थल पुगेका कालीकोटको रास्कोट नगरपालिका मेयर धर्मराज शाहीले बताए ।  

यस्तै ज्यान गुमाउनेमा कालीकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरी जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेका तिरुवालाई उपचारका लागि अस्पताल पुर्‍याए पनि दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेको थियो ।

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।

प्रकाशित: १९ असार २०८३ १६:०७ शुक्रबार