समाज

बंगालको खाडीमा सक्रिय 'मोन्था' चक्रवात, नेपालमा हिमपात र वर्षा

हाल बंगालको खाडीमा सक्रिय रहेको चक्रवात मोन्था आज (मंगलबार) तीव्र चक्रवाती आँधीमा परिणत भएको छ।

यो आँधी भारतका विभिन्न राज्य हुँदै नेपाल प्रवेश गर्दै छ। जलवायुविज्ञ धर्मराज उप्रेतिका अनुसार आजदेखि मोन्था चक्रवात थप सक्रिय हुने छ। अरब सागरको जलवास्प वायुको प्रभावले नेपालका ठाउँ-ठाउँमा पानी र हिमालतिर हिमपात भइहेको उनले बताए। यो चक्रवात थप बढ्ने सम्भावना रहेको उनको भनाइ छ।

यस्तै, भारतीय मौसम विज्ञान विभागका अनुसार यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्छ। चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएकोले आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विज्ञान विभागद्वारा जारी विज्ञप्तिमा अनुसार त्यतिबेला हावाको गति प्रतिघण्टा ९०-१०० किलोमिटर पुग्न सक्छ।

मौसम विभागले सोमबार चक्रवाती आँधी 'मोन्था' को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

चक्रवाती आँधी 'मोन्था' को सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपालको मौसम विभागले सतर्क रहन आग्रह समेत गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App