काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दिइएको हो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।
भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। यस प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।
प्रकाशित: ११ मंसिर २०८३ १६:३१ शुक्रबार