समाज

त्रिशूली-३ ‘ए’ सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि : सांसद न्यौपाने

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य अझै जारी रहेको छ। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

सुरुङभित्रबाट आएको प्रतिक्रियाले उद्धारमा खटिएको टोलीलाई थप आशावादी बनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

यो पनि पढ्नुहोस्

सांसद न्यौपानेले भने : त्रिशूली थ्री ए सुरुङ भित्रबाट मान्छेको आवाज सुनियो, यो आशाजनक संकेत हो

प्रकाशित: १९ भाद्र २०८३ ०७:१७ शुक्रबार