समाज

ऊर्जा मन्त्रालयमा प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर कम गर्न र वैकल्पिक वातावरणमैत्री सामग्रीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भनेको छ, ‘यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई सकारात्मक सन्देश दिने विश्वास छ। आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक छ।’

प्रकाशित: १७ चैत्र २०८२ ०९:४८ मंगलबार