समाज

मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे जेन-जी अभियन्ता पाण्डेको टिप्पणी: दौरा–सुरुवाल सिलाएको याद आयो

तनुजा पाण्डे

जेन-जी अभियन्ता तनुजा पाण्डेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताको अमेरिकी भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएपछि जेन-जी आन्दोलनको समयका गतिविधिहरू स्मरण भएको बताएकी छन्।      

शुक्रबार सामाजिक  सञ्जालमा  पाण्डेले लेखेकी छिन्, ‘आसेपासे संस्कार’ को विरोध गर्नेहरूले अन्ततः आफ्नै आसेपासेलाई मन्त्री बनाएको दृश्य पनि आँखा अगाडि आयो। कसैले साडी किन्ने तयारी गरेको याद आयो, कसैले दौरा–सुरुवाल सिलाएको। कसैले ‘एक दिन भए पनि मन्त्री बन्छु, भोलिपल्ट राजीनामा दिन्छु’ भनेको सम्झना आयो। कसैले ‘मन्त्री भएँ भने बुवा–आमालाई यस दलको संलग्नताबाट टाढा राख्छु’ भनेको याद आयो।’     

उनले युवा साथीहरूको हत्या भएको केही दिनमै मन्त्री पदका लागि भएको तछाड–मछाड र त्यसपछिका नैतिकताहरु स्मरण भएको बताइन्। पाण्डेले घटनाको छानबिन हुनुपर्ने माग गर्दै नयाँ वा पुराना जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्ने बताएकी छिन्।  

प्रकाशित: २५ पुस २०८२ १२:४७ शुक्रबार