समाज

जेन-जी इटहरी उपमहानगर भित्र छिर्न खोजेपछि प्रहरीसँग झडप

इटहरीको प्रदर्शन नियन्त्रणबाहिर, दर्जनौं हवाई फायर

जेन–जी पुस्ताले गरेको प्रदर्शन नियन्त्रणमा बाहिर गएपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको छ ।  

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्न खाजेपछि प्रहरीसँग झडप भएको थियो ।  

उपमहानगरको कार्यालय प्रवेश गर्न खोजेपछि रोक्ने प्रयासमा प्रहरीसँग झडप भएको हो । सो पछि प्रदर्शनकारी थप आक्रामक बनेका हुन् ।  

प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रणबाहिर पुगेको निष्कर्ष निकाल्दै प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र दर्जनबढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १४:४५ सोमबार