नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।
प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको हो। बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
दुई पक्षबीच भएको उक्त झडपमा परी केही व्यक्ति घाइते भएका छन्। एक जनाको टाउकोमा गहिरो चोट लागेको छ। अन्य घाइतेहरूको यकिन विवरण भने आउन बाँकी छ।
प्रकाशित: १५ चैत्र २०८२ १६:३६ आइतबार



