समाज

अपाङ्गता भएका दुई व्यक्तिलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय खाेटाङले दुई नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका वडा नं. ८ का शारीरिक अपाङ्गता भएका थिरबहादुर खत्री र गणेश खत्रीलाई नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे हाे। साथमा नेपाली नागरिकताकाे एकएक थान कम्बल प्रदान गरेका छन्।

वडाध्यक्ष लिला चाैहानले व्यस्तता, कामकाे चाप, अविरल वर्षा, हावाहुरी, कच्ची सडक छिचोल्दै विकट गाउँमा पुगी नेपाली नागरिकताकाे प्रमाणपत्र र कम्बल प्रदान गरेकाेमा खुसी व्यक्त गरेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८३ १३:४८ बुधबार