समाज

नागरिककर्मी बज्राचार्य सम्मानित

बुद्धभुमी नगरपालिकाले नागरिककर्मी किरणमान बज्राचार्यलाई सम्मानित गरेको छ।

नगरको १७ औँ नगर अधिवेशनमा मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मीरा थारु र प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराईले बज्राचार्यलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मानित गरेका हुन ।

पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष समेत रहेका बज्राचार्यले नगरको समग्र विकास व्यवस्थापन, सुशासन र प्रभावकारी सेवा प्रवाहको क्षेत्रमा भूमिका खेलेकोले उत्कृष्ट पत्रकारका रुपमा सम्मानित गरिएको मेयर श्रेष्ठले बताए । बज्राचार्य एक दशक बढी समय देखि नागरिकको संवाददाताका रुपमा कार्यरत छन् ।

यस्तै सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल टेलिभिजनका संवाददाता बिकास बन्जाडेलाई समेत सम्मानित गरिएको छ ।  

प्रकाशित: २५ असार २०८२ १७:२६ बुधबार

#NagarikNews