गएको २४ घण्टामा सबैभन्दा धेरै चितवनमा वर्षा भएको छ।
जिल्लाको माडी कल्यानपुर मौसम मापन केन्द्रका अनुसार २२२.४ मिलिमिटर वर्षा भएको हो।
साथै मधेश प्रदेशलगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
११ असोज बिहान ०६:३९ बजेको तथ्यांक अनुसार कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
प्रकाशित: ११ आश्विन २०८३ ०७:०० आइतबार