रसुवा बाढीले बगाएका रसुवा बेत्रावतीका ६ वर्षीय बालक आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरू दुवैलाई बिहीवार नेपाली सेना तथा शसस्त्र प्रहरी बलले नदीबाट उद्धार गरेको हो।
आरुष र घले स्थानीय बेत्रावती स्कुल बसमा रहेको बखत बाढी आएपछि बससँगै बगेका थिए। सेनाले दुई दिनपछि फेला पारेको थियो। उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
आरुष सुरुमा बोल्न र खाना खान नसक्ने अवस्थामा थिए। उपचारपछि सामान्य बन्दै गएको आफन्तले बताए। उनको छातीको करङ भाँचिएको र कानमा बालुवा परेकाले थप उपचार आवश्यक भएको चिकित्सकले बताएको उनको आफन्तले जानकारी दिए।
तामाङ दुई दिनसम्म नदीमा बट्टाभित्रै अड्किएकाले कसैसँग नबोल्ने र खानै नखाने अवस्थामा थिए। माया मारेकाे बालक भेटिएपछि परिवारजनमा खुशी छाएको छ। ‘माया मारेका थियौ, अहिले खुशी छौं’ तामाङकी आफन्त शर्मिला तामाङले भनिन्।
घलेकाे चाहिं हातखुट्टामा चोट लागेको छ। उनलाई पनि सेनाले बिहीबार उद्धार गरेको हो। आाफन्तको अनुसार स्कुल जान स्कुल बसमा चढेको बेला बससँगै बगेको उनकी आफन्त शर्मिला तामाङले बताइन्।
प्रकाशित: १३ भाद्र २०८३ १३:४० शनिबार
-600x400.jpg)

-600x400.jpg)
