दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ।
पहिरोले नदी थुनिएर नदीको बहाव प्रभावित भएपछि नदी किनारका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ।
चौलानी नदीमा माथिबाट आएको सुख्खा पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १६:११ शुक्रबार