राजनीति

पूर्वमन्त्री श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकियो

सर्वोच्च अदालतमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो।

गत फागुन १० गते विशेष अदालतले ७८ लाख रुपैयाँ बिगो कायम भएको उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। 

अख्तियारले उक्त ५ लाखको धरौटी आदेशलाई ’बेरीतको’ (कानुनसम्मत नभएको) दाबी गरेको छ ।

प्रकाशित: ३ चैत्र २०८२ १३:५० मंगलबार