कपिलवस्तुको शिवराज नगरपालिका–५ , चन्द्रौटा स्थित खसी बजारमा साइकललाई ठक्कर दिएर भाग्नेक्रममा कारले २ अटो र एक मोटरसाईकललाई ठक्कर दिदा ९ जना घाईत भएका छन ।
शनिबार दिउसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १४ च ९००० नम्बरको कारले लु प्र ०१–००१ ह ४००५ नम्बरको ई रेक्सा लु १ ह १९३ नम्बरको अटो र ना ५१ प ६९९३ नम्बरको मोटरासईकललाई ठक्कर दिएको टाफिक कार्यालयले जनाएको छ ।
दुर्घटनामा साईकल यात्री चन्द्रौटाका १३ वर्षीय बितार गिरी, अटो ई रेक्सा चालक ६५ वर्षीय कंगाले थारु २५ वर्षीया आरती थारु, अटो चालक ४२ वर्षीय राष्ट पुन, १९ वर्षीय मनिष घर्ती मगर, १८ वर्षीय बिशाल श्रेष्ठ, १७ बिर्षय बिगान्त केसी, २० वर्षीय दिलसन पुन, मोटरसाईकल चालक बुद्धभुमी नगरपालिका ४ बुढ्ढीका २४ वर्षीय अरुण चोधरी घाईत भएका छन ।
घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । कार चालक प्रहरी नियन्त्रणमा रहेका छन । दुर्घटनामा गम्भीर घाइते नभए पनि केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
कारले चन्द्रौटा टास्थित सशस्त्र प्रहरी चेकपोस्ट नजिक एक साइकललाई समेत ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रकाशित: २ श्रावण २०८३ १८:२२ शनिबार