पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहरमा जन्ती बोकेको कार दुर्घटना हुँदा कार चालकको मृत्यु भएको छ।
सोमबार राति ९:३० बजेको समयमा जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा पहिचान खुल्न नसकेको कार चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकका अनुसार बहुदरमाई नगरपालिका-८ रामनगरी टोलका साहेब सहनीको घरबाट सखुवाप्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती लिएर जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई पिपलको रुखमा ठोक्किएर गण्डक नहरमा खसेको थियो।
पर्सा प्रहरीले घाइतेलाई तत्कालै उद्धार गर उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पताल लगिएको थियो।
उपचारकै क्रममा चालकको राति करिब १०ः१५ बजे मृत्यु भएको र पहिचान खुल्न नसकेको एसपी पाठकले बताए।
प्रकाशित: २६ फाल्गुन २०८२ ०७:५५ मंगलबार