समाज

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो। दरखास्त पेस गर्ने अन्तिम मिति २०८३ साल जेठ ५ गते मंगलबार कार्यालय समयभित्र दरखास्त दिन सकिने छ।

उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लखे छ।

सूचना:

प्रकाशित: २६ वैशाख २०८३ ०८:४४ शनिबार