सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)ले व्यवसायी भट्टलाई काठमाडाैकाे नक्साल गैरीधाराबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नागरिकन्युजलाई जानकारी दिए।
भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ। भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो। सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो। ्भ
ट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ।
प्रकाशित: १९ चैत्र २०८२ १५:२३ बिहीबार