चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सीपुल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।
आज साँझ करिब ७ बजेतिर तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङको घलेगाउँ निवासी ४६ वर्षीया ऐश्र्या कामीको मृत्यु भएको हो।
सडक माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट भित्र पस्दा लागेर गम्भीर घाइते भएकी कामीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
बस चालक तनहुँ, म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
प्रकाशित: ३१ भाद्र २०८२ २१:०४ मंगलबार