समाज

बुद्ध एयरको जहाज चरासँग ठोक्कियो

पोखरामा अवतरण गर्न लागेको बुद्ध एयरको विमान चरासँग ठोक्किएको छ। शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवरणका क्रममा चरासँग ठोक्किएको हो।

काठमाडौंबाट पोखराका लागि उडेको उडान संख्या ६१७, जहाज ९ एन–एओसी विमान चरासँग ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

कर्णका अनुसार चरासँग ठोक्किएको विमानका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन्।

पोखरास्थित बुद्ध एयरको प्राविधिक टोलीले विमानको चाँज गरिरहेको उनले बताए।

प्रकाशित: १३ मंसिर २०८२ १७:१४ शनिबार