समाज

डोजरले खनेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

नुहाउन पर्सामा रहेको डेढु खोला गएका दाजुभाइको डुबेर मृत्यु भएको छ । ठोरी गाउँपालिका-२ हनुमाननगरका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको डुबेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । 

उनीहरु मंगलबार बिहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेका उनीहरुको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

पानीमा तैरिरहेको अवस्थामा स्थानीयले उद्दार गरी अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित: २७ श्रावण २०८२ १३:२५ मंगलबार