समाज

राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने

आज (आइतबार) राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। यही २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले आज राति १२ बजेदेखि सीमा नाका बन्द गर्न लागेको हो।  

निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार निर्वाचन आयोगले सीमानाका बन्द गर्न यसअघि नै सिफारिस गरिसकेको छ। 

आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाएको छ। 

प्रकाशित: १७ फाल्गुन २०८२ १७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App