गेरुवा गाउँपालिका–२ भैरमपुरबाट तीन दिन अघि देखि बेपत्ता भएकी ७६ वर्षीया जगमती थारु कर्णाली नदीको किनारमा मृत फेला परेकी छन्।
घरबाट निस्किएकी उनी सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा नदी किनारमा प्रयोग गरेका कपडा, लौरो र चप्पल फेला परेका थिए।
परिवारले इलाका प्रहरी कार्यालय पाताभारमा निवेदन दिएपछि प्रहरी निरीक्षक भूपेन्द्र कुमार बुढाथोकी र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश भट्टको कमाण्डमा प्रहरी तथा स्थानीयसहितको टोली खोजतलासमा खटिएको थियो।
साउन २७ गते बिहान सामाग्री भेटिएको स्थानभन्दा करिब ८०० मिटर दक्षिण नदी किनारको झारपातमा अल्झिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ श्रावण २०८३ १६:४५ बुधबार



