बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन्।
भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका-८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए।
बिहीबार बिहान मृत फेला परेकी महरको शव शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए। प्रहरीकाे अनुसार घटनाका विषयमा खाेजअनुसन्धान हुँदै छ।
प्रकाशित: २९ फाल्गुन २०८२ १२:०२ शुक्रबार