पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम बाणगंगा साईकल यात्रा सम्पन्न भएको छ ।
बाणगंगा राईडर्स क्लब कपिलवस्तुको आयोजनामा “स्वस्थ्य जिवन, स्वच्छ पर्यावरण र पर्यटन प्रबर्धन” भन्ने नाराका साथ बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका पर्यटकीयस्थलको प्रचार प्रसार, पर्यावरण संरक्षण र लागु औषधविरुद्ध सचेतनाका लागी यात्रा गरिएको हो ।
बाणगंगाको चार नम्बरमा साईकल यात्राको लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री बिष्णु पन्थी र बाणगांग नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यात्राको संयुक्तरुपमा शुभाम्भ गरेका थिए । सो अवसरमा प्रदेश सदस्य पन्थीले यात्राले बाणगांग नगरपालिकासहित समग्र कपिलवस्तुको पर्यटन प्रबद्र्धन गर्न यसले भुमिका खेल्ने बताए ।
बाणगंगा नगरपालिकाका मेयर अर्यालले यो कार्यक्रमले समग्र कपिलवस्तुको प्रचारप्रसारमा ध्यान खिचेको बताए । बिहान सुरु भएको साईकल यात्रामा बाणगगां नगरपालिकाको ११ वटा बडामा रहेको पर्यटकीय स्थल र कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० मा रहेको जगदीशपुर ताल पुगेको थियो ।
यात्रामा बिश्व साईकल यात्री पुस्कर शाहसहित देशभरका ४ सयभन्दा बढि साईकल यात्री सरिक भएको संस्थाका बिष्णु घिमिरेले बताए ।
प्रकाशित: २९ कार्तिक २०८२ २०:४५ शनिबार