समाज

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउनु : बाढी पूर्वानुमान महाशाखा

फाइल तस्बिर

रसुवामा भोटेकोशी नदीको बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ।

बाढी बढिरहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अर्को सूचना नआएसम्म तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन पनि महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १२ भाद्र २०८३ १२:४६ शुक्रबार