रसुवा भोटेकोशीमा आएको बाढीबाट प्रभावित भई घाइते भएकाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो १३:३० बजेसम्मको विवरणमा बाढीबाट घाइते भएकाहरूको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ अस्पताल, नर्भिक अस्पताल, विरेन्द्र सैनिक अस्पताल छाउनी, मनमोहन अस्पताल र ग्रिनसिटी अस्पताल, बसुन्धरामा उपचार भइरहेको छ।
घाइतेहरूमध्ये केही सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर र मध्यम अवस्थाका बिरामीहरूको विभिन्न अस्पतालमा निरन्तर उपचार जारी छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी उनीहरूलाई समयमै अस्पताल पुर्याएको बताएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १६:५६ बिहीबार