बुधवार बिहान करिब ८ः३० बजे रसुवा, नुवाकोट, धादिङ र गोरखा भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा सुरक्षा अवस्था बुझ्ने काम भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र सम्बन्धित निकायहरू मिलेर बाढीग्रस्त क्षेत्रमा फसेका तथा घाइते भएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएका विदेशी नागरिकहरूमा चीन, दक्षिण कोरिया, इटाली, अमेरिका र भारतका पर्यटकहरू रहेका छन्।
उद्धार गरिएका व्यक्तिहरूको नाम र विवरण तल हेर्नुस्
प्रकाशित: ११ भाद्र २०८३ १६:२३ बिहीबार