समाज

भोटेकोशी बाढीः खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए-नभएको तथा आफन्तसँग सम्पर्कमा रहे-नरहेको जानकारी गराउन अनुरोध गरेको हो।

बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्‍याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८३ ०६:१३ बिहीबार