भोटेकोशी बाढीमा परी कम्तीमा ५५३ जनाको मृत्यु भएको छ। हालसम्म ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
तीमध्ये रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४७, नवलपरासी (पूर्व) बाट १३४, नुवाकोटबाट ३८, चितवनबाट २२२, तनहुँबाट ३१ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, एक हजार ४७३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमा रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकाको अस्पतालहरुमा उपचाररत र उपचारपछि डिस्चार्ज भएका घाइतेहरुको संख्या ९७ रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १८:३४ शुक्रबार



