समाज

भोटेकोशी बाढी: हालसम्म ८ जनाको मृत्यु पुष्टि

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ।

प्रभावित क्षेत्रबाट हालसम्म आठ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रवक्ता काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी छ।

यसैबीच, खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले १४ वटा हेलिकोप्टर र विशेष विपद् व्यवस्थापन टोली परिचालन गरेको जनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ १५:०१ बुधबार