राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी/त्रिशुली बाढीमा परेर घाइते भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएकामध्ये ७८ जना डिस्चार्ज भएको जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट घाइते भएका ७८ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका हुन्।
अब काठमाडौंका विभिन्न अस्पतालमा ७६ जना घाइते उपचाररत छन्।
डिस्चार्ज भएका ७८ जनाको नामसहितको विवरण तल जुम गरेर हेर्न सक्नुहुन्छ।
प्रकाशित: १४ भाद्र २०८३ १३:४३ आइतबार