समाज

भोटेकोशी बाढी : ४७७ जनाको शव फेला, ९७७ जना सम्पर्कविहीन

फाइल तस्बिर

रसुवाको भोटेकोशी बाढीमा परेका ४७७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन रहेका छन्। 

सबैभन्दा धेरै चितवनमा १८६ जना र नवलपरासी पूर्वमा ११० जनाको शव फेला परेको छ। यसैगरी रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा विभिन्न मानव अंगसहित ४४, नवलपरासी पश्चिममा २७, र तनहुँमा २८ जनाको शव फेला परेको छ।

सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरी २८, नेपाल सेना ४५, सशस्त्र प्रहरी १३, भन्सार कार्यालय १५, अध्यागमन कार्यालय ४, रसुवाका १६१, नुवाकोट १, मकवानपुर ६६, सम्पर्कविहीन विदेशी नागरिक ५१७, र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना रहेका छन्। 

बाढीमा परी ७३ जना घाइते भएका छन्।

उद्धारका लागि नेपाल प्रहरीका सात हजार २५०, नेपाल सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका तीन हजार ६५८ गरी कुल १५ हजार १०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाका ६ र निजी ९ गरी १५ वटा हेलिकप्टर उद्धारमा खटिएका छन्। हालसम्म तीन हजार २५३ जनाको सफल उद्धार गरिएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १३:०६ शुक्रबार