समाज

भोटेकोशी बाढी : बागलुङका १६ जना अझै बेपत्ता

फाइल तस्बिर

भोटेकोशी बाढीपछि बागलुङका १६ जना अझै बेपत्ता रहेका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली-३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना बेपत्ता रहेका छन्।

बेपत्ता हुनेमा त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका-९ तित्याङका इन्जिनियर दम्पती ३५ वर्षीय राजेश शर्मा, ३३ वर्षीया प्रमिला पाठक र उनीहरूका जुम्ल्याहा छोराछोरी ४ वर्षका आदित्य र आदिश्री पनि छन्।

१६ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको छ।

बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए। रासस

प्रकाशित: २६ भाद्र २०८३ ०६:२५ शुक्रबार