समाज

भक्तपुर मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित नियन्त्रणमा

भक्तपुरका मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

कार्यालय प्रमुख ५४ वर्षीया कुमार आचार्य र कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३१ असार २०८२ १७:२६ मंगलबार

#NagarikNews