समाज

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।

खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि तातोपानी र आसपासको क्षेत्रमा बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाएर सडक खुलाइएको पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले जानकारी दिए।

अवरुद्ध सडक तत्कालका लागि खुलाइएको उल्लेख गर्दै मन्त्री लाम्सालले अब स्थायी रूपमा सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी निर्माण कार्य अघि बढाइने बताएका छन्।

प्रकाशित: ८ कार्तिक २०८३ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App