समाज

आजदेखि निर्वाचन अवधिभर मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध

आज (बिहीबार)देखि चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।  

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा समितिले गरेको सो निर्णय कार्यान्वयनमा आएको आयोगले जनाएको छ।

यस्तै, निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पनि निषेध गरिएको छ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न/गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ।

प्रकाशित: १४ फाल्गुन २०८२ १२:१३ बिहीबार