समाज

बाजुरा पहिराेः बेपत्ता युवतीको शव फेला

बाजुराकाे त्रिवेणी नगरपालिका-९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता युवतीको शव फेला परेकाे छ।

पहिरोमा पुरिएर बेपत्ता भएकी २० वर्षीया प्रतिक्षा थापाकाे शव फेला परेकाे हाे। प्रहरी र स्थानीयको खोजीका क्रममा उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारिएको हाे।

पहिरोमा परी त्रिवेणी नगरपालिका–९ बस्ने ४० वर्षीय धर्म थापा र सोही स्थानकी ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन्। दुवै जनालाई उद्धार गरी जिल्ला अस्पताल मार्तडीमा उपचारका लागि पठाई सकिएको छ।

पहिरोले दुई वटा घर पूर्ण रूपमा पुरिएर क्षति भएका छन्। साउन २८ गते बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको हो।

प्रकाशित: २९ श्रावण २०८३ १०:५२ शुक्रबार