प्रकृतिको कुचीकारकारुपमा मानिएको गिद्ध संरक्षणमा समुदायले समेत साथ दिनु पर्नेमा जोड दिइएको छ ।
बिषादीको प्रयोगलाई नियन्त्रण गरी लोप हुने अवस्थामा पुगको गिद्धको जीवन संरक्षण गर्नु पर्नेमा कृषक लगायतका समुदायको समेत साथको आवश्यक रहेको बताइएको छ ।
नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको आयोजना तथा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनको सह आयोजना तथा तिलौराकोट साझेदारी वन ब्यवस्थापन समुहको समन्वयमा बुद्धभुमी नगरपालिका– १० चेत्रादेईमा राखिएको सरोकारवाल निकाय बिच गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
संरक्षणकालागि सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिइएको छ । गत फागुन ७ गते यही वडाको मोतिनगर गाउमा बिषादीयुक्त सिनो खाएर ७ डांगर र २ हिमाली गिद्ध मरेका थिए ।
सो घटना संचारमाध्यमा आए पछि यहीका समुदायका सहभागीतामा कार्यक्रम गरिएको हो सरकारले २०६३ जेठ १३ देखि नै डाईक्लोफेमिनक बिषादीको बिक्री बितरण र प्रयोमगा प्रतिबन्ध लगाएको थियो ।
जिल्लालाई सो बिषादीमुक्त जिल्ला समेत घोषणा गरिएको थियो । तर पनि यही बिषादीको प्रयोग गरिएको सिनो खाएर गिद्ध मर्नु अत्यन्तै दुःखद कुरा भएको सोही गाउका अगुवा तथा सन साईन सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।
गिद्धको संरक्षणमा समुदायको धेरै ठुलो हात हुने भएकाले सरकारले प्रतिबन्ध गरेको बिषादीको प्रयोग गर्न नहुने उनले बताए । उनले यो बिषयलाई समुदायस्तरमै लगेर सचेत गराउनु पर्ने बताए । बिषदीको प्रयोगले अस्तित्व नै संकटमा पर्नुको मुख्य कारणडाईक्लोफेमिन र मानविय अतिक्रमणका कारण गिद्धहरुको जीवन संकटमा परेको पंक्षी संरक्षणकर्मी बताउँछन् ।
एसोसिएसन कपिलवस्तुका जिल्ला पूर्वअध्यक्ष परमेश्वर यादवले जिल्लामा नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधिको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको दाबी गरे । तर पनि अझै जोखिम नघटेको र निरन्तर अनुगमन र सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर सुकई चौधरीले गिद्ध संरक्षणमा कृषक र समुदायले सबै भन्दा सचेत हुनु पर्ने बताए । उनले सिनोमा विषको प्रयोग विद्युत् प्रशारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी, रोगका कारण गिद्धको जीवन संकटमा परेको बताए । पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा आएको बताए । गिद्ध संरक्षणको अहिले पञ्च वर्षीय योजना अनुसार कार्यक्रम भईरहेको बताए ।
सन् २०१७ देखि गिद्धको स्वास्थ्य परीक्षण तथा स्याटेलाइट ट्यागिङ सुरु गरिएको पछि त्यसले गिद्धको अवस्थामा पत्ता लगाउन सजह भएको बताए । सुरक्षित मापदण्ड पूरा गरेपछि गण्डकी र लुम्बिनी क्षेत्र विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको उनले बताए ।
गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए । विषालु औषधिले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पुर्याउने भन्दै पशु उपचारमा सुरक्षित औषधिको प्रयोग गर्नु पर्ने पशु चिकित्सकको भनाई छ ।
गिद्ध प्रकृतिको कुचीकार रहेकोले वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य तथा जैविक विविधताको संरक्षणका लागि निकै मानिएको छ । सामान्यतया एउटा गिद्धले ३ दिनमा १ किलो तथा बर्षमा १ सय २० किलो सिनो खान्छ । यसले सिनो र फोहर खाएर बाताबरण स्बच्छ राख्न सहयोग गर्दछ । विश्वमा अहिले करिब २३ प्रजातीका गिद्ध पाईन्छन् ।
नेपालमा नौ प्रजातीका भेटिन्छन् । नेपालमा पाईने प्रजातीमा सानो खैरो, राज, हिमाली, खैरो र हाडफोर, डंगर, सुन, गोब्रे, हुन् । जसमध्ये डंगर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अति संकटापंन अवस्थामा छन ।
प्रकाशित: १६ चैत्र २०८२ १९:५२ सोमबार