नागरिक उड्डयन प्राधिकरणका पूर्व उप-महानिर्देशक ऋषिकेश शर्मालाई साधारण तारेखमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अरबौंको भ्रष्टाचार मुद्दाका अभियुक्त शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न आदेश दिएको थियो । सो विरुद्ध आयोगले अदालतको आदेश बदर गरी प्रतिवादी बनाइएका शर्मालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको छ ।
अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा शर्मासहितका प्रतिवादीहरुले लागत अनुमान अस्वभाविकरुपमा बढाएर राज्यलाई आर्थिक क्षति पुर्याएको दाबी अख्तियारको छ ।
प्रकाशित: २३ माघ २०८२ १८:५३ शुक्रबार