समाज

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

प्रधानमन्त्री  वालेन्द्र शाहलाई अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले बधाई ज्ञापन गरेकी हुन्।

अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न  तत्पर रहेको बताएकी छिन्।

प्रकाशित: २१ चैत्र २०८२ १३:४५ शनिबार