समाज

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। 

प्रकाशित: २१ माघ २०८२ ११:५० बुधबार