रौतहटको चन्द्रपुर स्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरी हिरासतमा रहेका १४ जना कैदीलाई भगाएका छन् ।
जेन-जी पुस्ताको समर्थनमा बिहानै देखि चन्द्रपुर स्थित प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरू इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै प्रहरीलाई आत्मसमर्पण गराउन बाध्य बनाए । सोही क्रममा हिरासतमा रहेका १४ जना कैदीहरूलाई भगाएपछि प्रहरी कार्यालयमा आगो लगाइदिएका हुन् ।
इलाका प्रहरीका तिन वटा जिपलाई आगो लगाई सम्पूर्ण कागजातहरू जलाएर नष्ट बनाइएको छ । यस विषयमा इप्रका चन्द्रपुरका डिएसपी रुपा लाबुंग सँग सम्पर्क गर्दा हामी सुरक्षित स्थानमा छौँ, म सहित चार जना प्रहरी सामान्य रूपमा घाइते रहेको स्वीकार्य गरिन ।
प्रकाशित: २४ भाद्र २०८२ १७:०७ मंगलबार