समाज

चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङलाई

नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार उद्धार कार्यमा सघाउन सेनाले बोलायो घिसिङलाई बोलाएको हो।

विदेशी विज्ञसहितको टोलीलाई पावरहाउस क्षेत्रमा पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव दिन सेनाले आग्रह गरेपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ प्रस्थान गरेको अवस्थीले जानकारी दिएका छन्।

प्रकाशित: २४ भाद्र २०८३ १३:४२ बुधबार