समाज

सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त रद्द

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया रद्द गरेको छ।

मन्त्रालयले आज (शुक्रबार) एक सार्वजनिक सूचना जारी गर्दै हिजो (बिहीबार) मात्र प्रकाशित गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना रद्द गरिएको जानकारी दिएको हो।

विशेष कारणवश भन्दै मन्त्रालयले उक्त सूचना रद्द गरेको जारी सूचनामा भनिएको छ।

आजको सूचना:

हिजोको सूचना:

प्रकाशित: ८ जेष्ठ २०८३ ०६:४४ शुक्रबार