समाज

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि वैशाख ६ गतेसम्म आवेदन दिन सकिने

सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन दिने समय थप गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले २०८३ बैशाख ६ गतेसम्म छात्रवृत्तिको लागि निवेदन दिन सकिने जनाएको हो।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आह्वान गरिएको बोर्डले जनाएको छ। 

यही चैत १५ गतेसम्म वैदेशिक रोजगार बोर्डको सचिवालयबाट अंगभंग वा गम्भिर विरामी तथा मृत्यु भइ शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका परिवारले समेत आवेदन दिन सक्ने बोर्डले निकालेको सूचनामा उल्लेख छ। 

प्रकाशित: १८ चैत्र २०८२ १२:३८ बुधबार