व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
यसअघि अदालतमा बकपत्रसमेत गराइएको थियो। थुनछेक बहसपछि इजलासले गोल्छालाई तत्काल थुनामा पठाउनुको सट्टा धरौटीमा रिहा हुने व्यवस्था गरेको हो।
गोल्छाले यसअघि पनि एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा एक करोड रुपैयाँ धरौटी माग गरेको थियो।
जिल्ला अदालतको आदेशअनुसार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरिएको थियो।
यसरी सम्पत्ति शुद्धीकरण मुद्दामा समेत विशेष अदालतले थप एक करोड रुपैयाँ धरौटी माग गरेपछि गोल्छामाथिका कानुनी प्रक्रियाहरू थप पेचिलो बनेका छन्।
प्रकाशित: २६ श्रावण २०८३ १७:५१ मंगलबार

-600x400.jpg)

