समाज

बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ बनेको छ। तर अहिलेसम्मको पूर्वानुमानअनुसार उक्त चक्रवात नेपालतर्फ आउने वा त्यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनका अनुसार नेपालमा भने पश्चिमी वायुको हल्का प्रभाव अझै कायम छ। त्यसैले आज पनि पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्छ। तर उक्त वर्षा चक्रवात ‘मुरासु’को प्रभावले नभई पश्चिमी वायुका कारण हुने उनले स्पष्ट पारेका छन्।

यसैबीच, वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ देखिन थालेको पोखरेलले बताएका छन्।

उनका अनुसार अहिले नेपालमा हावा तुलनात्मक रूपमा सफा छ। तर हावाको बहाव नेपालतर्फ भए पराल जलाउँदा निस्कने धुवाँसँगै प्रदूषित हावा नेपाल भित्रिन सक्छ। त्यसले आगामी दिनमा वायु प्रदूषण बढाउन सक्ने उनको भनाइ छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:२९ सोमबार