समाज

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।

कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।

मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रमुख सापकोटाले बताए।

प्रकाशित: २२ भाद्र २०८३ १५:३१ सोमबार