समाज

बाटो खन्नेक्रममा खसेको ढुंगाले लागेर युवकको मृत्यु

घटनास्थल ।

कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा माथिबाट डोजरले खसालेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सडक खन्ने बेला भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी अन्दाजी २३ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।

टमटाको घटनास्थलमा मृत्यु भएको हो । उनी रास्कोट नगरपालिकाबाट सान्नित्रिवेणी गाउँपालिकाको सेरीज्यूला हिँडेका थिए । उनका साथमा अन्य ९ जना साथीहरू पनि रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १८:२१ बिहीबार